+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजदेखि खोरादीमा ज्योति स्मृति कप हुँदै

तनहुँ खबर
८ महिना अगाडी

दुलेगौंडा


शुक्लागण्डकी नगरपालिका–१० खोरादीमा आजदेखि भलिबल प्रतियोगिता हुँदैछ । खोरादी युवा क्लबको आयोजना र खोरादी आमा समूहको सहआयोजनामा पाँचौ खोरादी तथा तेस्रो ज्योति स्मृति कप भलिबल प्रतियोगिता हुन लागेको हो ।


साविक गाउँ तथा वडास्तरीय खेल हुने खेल संयोजक गोविन्द आलेले जानकारी दिए । माघ २३ गतेसम्म प्रतियोगिता चल्नेछ ।


प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २० हजार रुपैयाँ हात पार्ने जनाइएको छ ।


सेमिफाइनलका उपविजेता दुई समूहले समान ५ हजार रुपैयाँ पाउने आलेले जानकारी दिए । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टरलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा १५ टोली सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ