+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गण्डकी विश्वविद्यालयले रनिङसिल्ड फुटबल खेलाउने, विजेतालाई एक लाख

तनहुँ खबर
१० महिना अगाडी

पोखरा

गण्डकी विश्वविद्यालयले दोस्रो संस्करणको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता गर्ने भएको छ ।


मंसिरको २९ देखि पुस ३ गतेसम्म पोखरा रंगशालामा कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना गरेको हो ।


गण्डकी प्रदेशका माध्यमिक तहको पढाइ हुने विद्यालयले सहभागिता जनाउन पाउने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए ।
उनका अनुुसार प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको छ ।


गण्डकी विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एक मात्र विश्वविद्यालय हो ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ