+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फुटबलर विमला विकलाई व्यासले ३० हजार दिने

तनहुँ खबर
१० महिना अगाडी

पोखरा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर विमला विकलाई व्यास नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । व्यासले नगद ३० हजार रुपैयाँले सम्मान गर्ने भएको हो ।

सोमबार बसेको व्यास नगरपालिकाको कार्यपालिका बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको छ ।

सातौं संस्करणको साफ वुमेन्स च्याम्पियनसिपमा खेलमा सहभागी भएकी उनलाई नगरपालिकाले सम्मान गर्ने भएको हो । च्याम्प्यिनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

विमलाले एएफसी एसिया महिला कप छनोट तयारीस्वरुप बंगलादेशसँग नेपालले २०७८ मा खेलको अभ्यास खेलमा सहभागी भएर राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

व्यास नगरपालिका–४ दमौली बजारकी विकलाई साफ वुमेन्स च्याम्पियनसिपमा खेलेर फर्किएपछि दमौलीका विभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ