+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लागुऔषधसहित युवक पक्राउ

तनहुँ खबर
१० महिना अगाडी

तनहुँ

प्रतिबन्धित लागु औषध डाइजापामसहित एक युवक पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा तनहुँ प्रहरीले पक्राउ गरेको हो ।

जनकपूरबाट पोखरातर्फ आउँदै गरेको बा ५ ख ८३१ नम्बरको यात्रुवहाक बसमा सवार रौतहटको गुजारा नगरपालिका–१ का २५ वर्षीय आशिष तामाङ पक्राउ परेका हुन् ।

उनको साथबाट डाइजेपाम ५४ एम्पुल, फेनरागन ५८ एम्पुल र बुर्फिन ४४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए ।

सोमबार दिउँसो पक्राउ परेका उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ