+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

करारमा कर्मचारी राख्ने गण्डकीको अध्यादेश स्वीकृत

तनहुँ खबर
७ महिना अगाडी

पोखरा – गण्डकी प्रदेश सरकारले करार, ज्यालादारीमा कर्मचारी राख्ने गरेर ल्याएको अध्यादेश प्रदेश सभाबाट स्वीकृत भएको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकले अध्यादेशलाई स्वीकृत गरेको हो।

प्रदेश सरकारले दुई वर्ष पहिला ल्याएको प्रदेश निजामती सेवा ऐनविपरीत ल्याएको अध्यादेश प्रदेश सभामा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वीकृतिका लागि प्रस्तुत गरे। सभामुख कृष्णप्रसाद धितालले अध्यादेश सर्वसम्मतिले पारित भएको घोषणा गरे।

अध्यादेश हिउँदे अधिवेशनको पहिलो दिन माघ २१ गते संसदमा पेश भएको थियो। पुस ९ गते प्रदेश सरकारले अध्ययादेश जारी गरेको थियो। अध्यादेश संसदबाट स्वीकृत भएसँगै अब प्रतिस्थापन विधयेक संसदमा पेश हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ