+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जंगली च्याउ खादा विरामी

तनहुँ खबर
२ साल अगाडी

दमौली । तनहुँको व्यास नगरपालिकामा जंगली च्याउ खाएर एकै घर परिवारका तीन जना विरामी परेका छन् ।

व्यास ५ चिन्तुटारका सुकबहादुर तामाङ, मिन माया तामाङ र थमन तामाङ विरामी च्याउ खाएर विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उनीहरुलाई दमौली अस्पतालमा ल्याएर उपचार गरिएपनि विरामी मध्येका सुकबहादुरलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

विहीबार विहान खानासँगै जंगली च्याउ पकाएर खादा भएको घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ