+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झापामा पोथी हात्ती मृत फेला

तनहुँ खबर
२ साल अगाडी

झापा । झापामा पोथी हात्ती मृत फेला परेको छ। बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र आज बिहान पोथी हात्ती मृत फेला परेको हो ।
स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ