+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘मोडिफाइड’ मोटरसाइकल कास्की प्रहरीको निसानामा

तनहुँ खबर
५ महिना अगाडी

तनहुँ
पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरी चर्को ध्वनी निकाल्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ३५ वटा मोटरसाइलक नियन्त्रणमा लिएको हो ।

ति मोटरसाइकल बैशाख ३ देखि १४ गतेसम्म नियन्त्रणमा लिइएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मातहातका इकाइ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्दा स्वरुप परिवर्तन (मोडिफाइड) गरिएकालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको उनको भनाइ छ ।

कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्दै मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ