+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिलाको नाममा आइडी बनाएर ६ लाख ठगी

तनहुँ खबर
७ महिना अगाडी

पोखरा

फेसबुकमा नक्कली आइडी बनाएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको चौडी देउराली घर भइ काठमाडौंको स्रोहखुट्टे बस्ने १९ वर्षीय मनिष भुजेल र काभ्रेपलान्चोकको भुम्लुका २१ वर्षीय निशा पहारी रहेका छन् ।

उनीहरुले फेसबुकमा महिलाको नामको आइडी बनाएर ठगी गरेको प्रहरीले बताएको छ । फेसबुकमा नेहा गुरुङ नामको आइडी खोलेर साथी बनाइ युके लैजाने प्रलोभनले ६ लाख १ हजार ९५५ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए । ठगीमा परेका युवकले प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नियन्त्रणमा लिएको छ ।

कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ