+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेल्थपोष्टचोक दुर्घटना अपडेटः

दुर्घटनाका २ घाइते डिस्चार्ज, ६ जनालाई पोखरा रेफर

माइक्रो चालक प्रहरीको नियन्त्रणमा

तनहुँ खबर
१ दिन अगाडी

तनहुँ -तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोक नजिकै भएको माइक्रो दुर्घटनामा घाइते ६ जनालाई पोखरा रेफर गरिएको छ । दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको हो । दुई जना उपचारपश्चात डिस्चार्ज भएका छन् ।

आइतबार दिउँसो साढे ३ बजे दुलेगौंडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बर माइक्रो ब्रेक फेल भइ सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा माइक्रको चालकसहित ११ जना घाइते भएका थिए । सामान्य घाइते सवारी चालक शुक्लागण्डकी–२ हलेदीका सुमित थापा मगरलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।

शुक्लागण्डकी नगरपालिका– ८ गणपते बस्ने ४५ बर्षकी दलकुमारी राना, गणपतेकी २१ वर्षीया रविना थापा, गणपतेकी २५ वर्षीया करिष्मा राना, शुक्लागण्डकी–८ लालिमका १६ वर्षीय रविन भुजेल, शुक्लागण्डकी–१२ की ४९ वर्षीया देवीसिंह ठकुरीलाई गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको छ ।

यस्तै, शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १६ महिने बालिका रोशनी थापालाई पनि जिएमसी पोखरा रेफर गरिएको हो । उनका अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । थापाका अनुसार बालिकाको टाउकोमा चोट लागेको छ ।

दुई जना घाइते भने डिस्चार्ज भएका छन् । गणपतेका २६ वर्षीय कमल रोका र शुक्लागण्डकी–५ बेलचौतारा शान्ति टोलकी ३५ वर्षीया मञ्जु विक डिस्चार्ज भएका हुन् ।
तीन जना घाइतेको तनहुँ सेवा हस्पिटल दुलेगौंडामा उपचार भइरहेको छ । माइक्रोले दुुलेगौंडाबाट लामागाउँतर्फ जादै गरेको ग १ ज ६५५३ नम्बरको जीपलाई समेत ठक्कर दिएको थियो । जीपमा सवार १ जना घाइते भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ