+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्घटना

दुलेगौंडा दुर्घटना अपडेटः घाइते ५ जनालाई पोखरा रेफर

घाइते १६ महिने बालिकाको अवस्था गम्भिर

तनहुँ खबर
१ दिन अगाडी

दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोक दुर्घटनामा घाइते ५ जनालाई पोखरा रेफर गरिएको छ । दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको हो ।

आइतबार दिउँसो साढे ३ बजे दुलेगौंडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बर माइक्रो सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रको चालकसहित ११ जना घाइते भएका थिए । सामान्य घाइते सवारी चालक शुक्लागण्डकी–२ हलेदीका सुमित थापा मगर प्रहरी नियन्त्रणमा छन् ।

घाइते मध्य एक बालिकाको अवस्था गम्भिर छ । शुक्लागण्डकी नगरपालिका–८ लालिम बस्ने १६ महिने बालिका रोशनी थापाको टाउको चोट लागेर गम्भिर घाइते भएकी छन् । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको हो ।

शुक्लागण्डकी नगरपालिका– ८ गणपते बस्ने ४५ बर्षकी दलकुमारी रानालाई पनि जिएमसी पोखरा रेफर गरिएको छ । मध्यम घाइते उनको छाती र बायाँ हातमा चोट, लागेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

दायाँ हात र ढाडमा चोट लागेकी गणपतेकी २१ वर्षीया रविना थापा, चिउडो र दायाँ खुट्टामा चोट लागेर मध्यम घाइते शुक्लागण्डकी–८ लालिमका १६ वर्षीय रविन भुजेल, टाउकोमा चोट लागेकी शुक्लागण्डकी–१२ की ४९ वर्षीया देवीसिंह ठकुरीलाई पनि जिएमसी रेफर गरिएको छ ।

विङगरको ठक्करबाट दुुलेगौंडाबाट लामागाउँतर्फ जादै गरेको ग १ ज ६५५३ नम्बरको जीपलाई समेत ठक्कर दिएको थियो । जीपमा सवार १ जना घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ