+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शुक्लागण्डकीमा असुल गर्नुपर्ने बेरुजु १ करोड ४० लाख

तनहुँ खबर
३ महिना अगाडी

दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ४ करोड ९५ लाख ८७ हजार १६८ रुपैयाँ बेरुजु देखिएको छ । १ अर्ब ६९ करोड ३३ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गरिएको हो ।

लेखा परीक्षण अनुसार असुल गर्नुपर्ने १ करोड ४० लाख ४३ हजार ३७३ रुपैयाँ, १ करोड २४ लाख १९ हजार ७४० रुपैयाँ अनियमित भएको र २२ लाख ४२ हजार ५५७ रुपैयाँ कागजत पेश नभएको रकम हो । सबैभन्दा धेरै पेश्की २ करोड ८ लाख ८१ हजार ५०० रुपैयाँ बेरुजु औंल्याइको छ ।

गत वर्षसम्मको बेरुजु १६ करोड ५५ लाख ९५ हजार ८ रुपैयाँ रहेकोमा यो वर्ष १ करोड २४ लाख ५५ हजार ९६८ रुपैयाँ पछ्र्यौट भएको थियो । आर्थिक वर्ष २०८०÷८१ महालेखा परीक्षकको कार्यालय गरेको परीक्षणमा ४ करोड ९५ लाख ८७ हजार १६८ रुपैयाँ थपिएको हो । शुक्लागण्डकीको बेरुजु हालसम्मको २० करोड २७ लाख २६ हजार २०८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ