+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्षेत्रीय होटल संघ तनहुँको अध्यक्ष बने चन्द्रकुमार कायस्थ

तनहुँ खबर
५ महिना अगाडी

तनहुँ– क्षेत्रीय होटल संघ तनहुँको अध्यक्षमा चन्द्रकुमार कायस्थ चयन भएका छन् । बिहिबार दमौलीमा भएको १७ औं वार्षिक साधारणसभा तथा १० औ अधिवेशनले कायस्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा बिकास खनाल, प्रथम उपाध्यक्षमा विपिन प्रधान , द्धित्तीय उपाध्यक्षमा रामचन्द्र खड्का, सचिवमा सीता पहारी र कोषाध्यक्षमा संगीता प्रधान चयन भएका छन् ।
सदस्यमा सुरज गुरूङ, इश्वरप्रसाद लामीछाने र सुनिल खड्का चयन भए ।

कार्यक्रमको क्षेत्रीय होटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा कानुनी सल्लाहकार कमलामोहन वाग्ले, सल्लाहकार महेन्द्र मोहन भट्टराई, द्धितीय उपाध्यक्ष विपीन प्रधान, आँबुखैरेनी बजार इकाईका सभापति कुमार श्रेष्ठ, दमौली बजार इकाईका सभापति बालकृष्ण आले, डुम्रे बजार इकाईका सभापति सन्तोष थापा लगायतले बोलेका थिए ।

संघका महासचिव रामचन्द्र खड्काले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विज्ञान कैनीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बिकास खनालले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव रामचन्द्र खड्काले गरेका थिए । क्षेत्रीय होटल संघको जिल्लामा ६ वटा बजार इकाई रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ