+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्वत पहिरोः दम्पत्ति नै मृत फेला

तनहुँ खबर
२ महिना अगाडी

पोखरा

पर्वतमा पहिरोमा परेर वेपत्ता दम्पत्ति नै मृत फेला परेका छन् । ७६ वर्षीया विष्णुमति विश्वकर्माको शव फेला परेसँगै दुवै जनाको शव भेटिएको हो ।

मोदी गाउँपालिका–३ देउरालीस्थित लाङदीमा घरमाथिबाट पहिरो खस्दा ७८ वर्षीय छविलाल विश्वकर्मा र ७६ वर्षीया विष्णुमति वेपत्ता भएका थिए । पहिरो पन्छाउने क्रममा दुवै जनाको शव फेला फेला जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए । घटनास्थलको मुचुल्का गरेर शव पोष्टमार्टमका लागि कुश्मा ल्याइदै छ ।

आइतबार विहान खसेको पहिरोमा छविलालकी बुहारी ३२ वर्षिया पवित्रा विक भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ