+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिता बरालले ल्याइन् ‘बाग्लुङ बेनी’

तनहुँ खबर
३ महिना अगाडी

तनहुँ

लोकदोहोरी गायिक सिता बरालको नयाँ गीत ‘बाग्लुङ बेनी’ बजारमा आएको छ । गीतमा सिता बरालसँगै रेशम निर्दोषको स्वर रहेको छ । रेशम निर्दोषको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

रेशमले शब्द सिर्जना गरेको गीतमा लय इश्वर सिंहको रहेको छ । थेगो विष्णु खत्रीले बनाएका हुन् ।

रेशमको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सितासँगै केशव पौडेलले अभिनय गरेका छन् । करन चैसिरको छायांकन र अमृत चापागाईंको सम्पादनमा भिडियो तयार भएको हो । भिडियो गाउँले परिवेशमा तयार पारिएको छ ।

गीत मौलिक बनेकाले दर्शकको मन जित्ने गायिका बरालको विश्वास छ । ‘मौलिकतालाई जोड दिएर उत्कृष्ट सिर्जना पस्किएका छौं । आशा छ दर्शकले मनपराइदिनुहुनेछ’, उनले भनिन् ।

सिताको यो चौंथो गीत हो । अर्को नयाँ कोशेली बजारमा ल्याउने तयारीमा रहेको उनले जानकारी दिइन् ।
हालै सार्वजनिक गीत ‘बाग्लुङ बेनी’ भनिएको छ :

‘के भन्ने हुन् गाउँकाले देखेर
सधैं बस्छौं भूल बाटो छेकेर
बाग्लुङ बेनी नपुग्दै काँडे
दिन्थे माया कसैलाई नबाँडे’

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ