+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लियो मिनी म्याराथन हुने

तनहुँ खबर
६ महिना अगाडी

दुलेगौंडा–शुक्लागण्डकीमा लियो मिनि म्याराथन हुने भएको छ । लियो क्बल अफ खैरेनीटार दुलेगौंडा मन्त्रले पाँचौ संस्करणको लियो मिनि म्याराथनको आयोजना गरेको हो ।

बैशाख ६ गते म्याराथन हुनेछ । दुलेगौंडास्थित शुक्लागण्डकी नगरपालिकाको प्रवेशद्वारबाट सुरु भएको दौड वन्केवाको कालिका मन्दिरमा पुगेर टुंगिनेछ । यो दूरी ६ किलोमिटरको रहेको छ ।

महिला र पुरुषतर्फ छुट्टाछुट्टै दौड हुने लियो क्बल अफ खैरेनीटार दुलेगौंडा मन्त्रकी अध्यक्ष प्रमिला सिग्देलले बताइन् । उनका अनुसार पुरुषतर्फको विजेताले १० हजार रुपैयाँ हात पार्नेछ । उपविजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ हात पार्नेछ ।

महिलातर्फको विजेतालाई ३ हजार रुपैयाँ र दोस्रोलाई एक हजार रुपैयाँ प्रदान गर्ने सिग्देलले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ