+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पञ्चमुनिदेवको वार्षिकोत्सवमा एलिना चौहान आउने

तनहुँ खबर
८ महिना अगाडी

दुलेगौंडा– पञ्चमुनिदेव माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सवको तयारीलाई तीव्र पारेको छ । पञ्चमुनिदेवले माघ १४ गते वार्षिकोत्सव मनाउन लागेको हो ।

विभिन्न सांगीतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाउन लागिएको कक्षा ११/१२ संयोजक लक्ष्मण पुरीले बताए । विद्यालयका विद्यार्थीसँगै एलिना चौहानको सांगीतिक प्रस्तुती रहने उनले जानकारी दिए । चौहान पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा छिन् ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वार्षिकोत्सवलाई सम्बोधन गर्नेछन् । देशकै नमुना सामुदायिक विद्यालयको परिचय बनाएको पञ्चमुनिले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ