+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुलेगौंडा हेल्थपोष्टचोकको पहिरोमा विङगर दुर्घटना, १२ जना घाइते

तनहुँ खबर
१ दिन अगाडी

तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोक नजिकैको पहिरोमा विङगर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिउँसो दुलेगौंडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बर विङगर सडकबाट २० मिटर तल खसेको हो ।

विङगरमा सवार चालकसहित ११ जना घाइते भएका छन् । विङगरको ठक्करबाट दुुलेगौंडाबाट लामागाउँतर्फ जादै गरेको ग १ ज ६५५३ नम्बरको जीपलाई समेत ठक्कर दिएको थियो । जीपमा सवार १ जना घाइते भएका छन् ।

३ जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । अन्य घाइतेको दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । केही समय अगाडी सडक पहिरो गएर जोखिमयुक्त बनेको स्थानमा दुर्घटना भएको हो । विङगरको ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ