+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालसँग मलेसिया ६ विकेटले पराजित

नेपालले जितेसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा

तनहुँ खबर
२ दिन अगाडी

काडमाडौं – महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर ९१ रन बनाएको थियो ।

मलेसियाकी ओपनर आइना हमिज हसिमले ५० रन बनाइन् । ९२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर २ बलमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालले शुरूकै दुई बलमा दुई विकेट गुमाए पनि त्यसपछि सम्हालिएर खेल्यो । आज नेपालले जितेसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।

मलेसियाले पहिलो खेल जितको थियो । नेपालका लागि पूजा महत्तोले ३९ रन र कप्तान इन्दु बर्माले २७ रन बनाइन् । अब शृङ्खलाको तेस्रो खेल भोली हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ