तनहुँ – तनहुँको आँबुखैरेनीमा पृथ्वी राजमार्ग भासिएपछि एकतर्फी भएको छ ।
आँबुखैरेनी गाउँपालिका– ४ बासडाँडास्थित डम्पिङमा पृथ्वी राजमार्गको सडक भासिएको हो ।
सडक भासिएपछि केहीबेर दुईतर्फी अवरुद्ध भएको थियो । भासिएको ठाउँमा ड्रम राखेर एकतर्फी सूचारु गराएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए ।
‘आँबुखैरेनीतर्फका सवारीलाई पठाइसकेका छौं । पुलजिपतर्फका सवारीलाई कटाइदैछ’, उनले भने ।