+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गण्डकीमा डाकियो प्रदेश सभा बैठक, कहाँ बस्दैछ ?

मालेपाटनमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक बस्ने

तनहुँ खबर
२ दिन अगाडी

पोखरा– गण्डकी प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश सभाको बैठक आगामी असोज २२ गते दिउँसो १ बजेका लागि डाकिएको हो ।

जेन–जी समूहको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी हुँदा पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन जलेर पूर्ण रुपमा क्षति भएको थियो । प्रदेश सभा जलेर ध्वस्त भएसँगै भदौ २५ गते दिउँसो १ बजेका लाडि बोलाइएको संसद बैठक अनिश्चितकालका लागि स्थगित भयो ।

अब असोज २२ गते मालेपाटनमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम (२) बमोजिम बैठक हुनेबारे सूचना प्रकाशन गरिएको छ ।

‘मिति २०८२ साल भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । हाल माननीय सभामुखज्यूले बैठक मिति २०८२ साल असोज २२ गते दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, मालेपाटन पोखराको सभाहलमा बस्नेगरी मिति र स्थान निर्धारण गर्नुभएको छ’, पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि भदौ १६ गते गण्डकी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत २६ औं बैठकले गण्डकी प्रदेश दलित अधिकार विधयेक २०८२ पारित गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ