+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झरीले थपियो दसैं बिदा

आइतबार र सोमबार थप दुई दिन सार्वजनिक बिदा

तनहुँ खबर
२ दिन अगाडी

तनहुँ– लगातारको वर्षा र देशभरको प्रतिकूल मौसमका कारण सरकारले आइतबार र सोमबार थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दसैंको बिदा सकिएर सरकारी कार्यालयहरू भोलि आइतबारदेखि खुल्ने तय भएपनि, लगातारको अविरल वर्षाले सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आकस्मिक रूपमा बिदा थप गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘देशभरको अविरल वर्षाका कारण आवतजावत असहज भएको, केही स्थानमा सडक र पुल बगाएको, र जनजीवन सामान्य अवस्थामा फर्किन नसकेको अवस्था देखिएकाले आइतबार र सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।’

उनका अनुसार बिदाका दिनहरूमा आकस्मिक र अत्यावश्यक सेवाबाहेकका सबै सरकारी कार्यालयहरू बन्द रहनेछन् । अस्पताल, सुरक्षानिकाय, विद्युत्, पानी, सञ्चार र उद्धारसँग सम्बन्धित सेवा भने नियमित रूपमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ